AArya
RUMPUM
animated ellipse animated ellipse

कालोपत्रे गर्न माग गर्दै स्थानीय बासिन्दाले केशलीया रोडको सडकमा धर्ना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ मंसिर २०७७, बुधबार १८:३९
891
Shares
विराटनगर / विराटनगर ६ र ११ नम्बर वडाको साझा रुपमा मानिएको हुलाकी मार्ग केशलीया रोड कालोपत्रे गर्न माग गर्दै स्थानीय बासिन्दाले सडकमा धर्ना दिएका छन् ।

तीनै तहका सरकारलाई पटक पटक ध्यानकषर्ण गराउँदा पनि अहिलेसम्म कुनै वास्ता नगरेका कारण सो बाटोबाट भएर हिड्न अफठ्यारो भएको भन्दै स्थानियले केशलिया रोडमै धर्ना दिएका हुन् । विराटनगर महानगरपालिकाले सडक पेटी खाली गराएर अलपत्र छाड्दा दिनानुदिन जोखिम बढ्दै गएपछि धर्ना बस्नु परेको स्थानीयले बताए ।

स्थानीयहरुले आज , भोलि र पर्सि भन्दाभन्दै आखिर कहिले केशलीया रोड बनाउने भन्दै सडकमा प्रदर्शन पनि गरेका थिए ।

नगरपालिकाको पहलमा केही मर्मत भए पनि त्यसपछि सडक निर्माणको लागि विगत ५ वर्षदेखि कुनै पहल नभएको विराटनगर–६ का स्थानीय सन्तोष साहले बताए ।

सडक निर्माण नहुँदा धेरै समस्या भोग्नु परेको स्थानीय व्यापारी प्रदीप कर्णले बताए । स्थानीय गणेश साहले सडकका कारण सर्वसाधारणले धेरै सास्ती बेहोर्नु परेको र जनता जोखिममा परेको गुनासो गरे ।

सडक सुरुमा हुलाकी राजमार्गमा परेको भन्दै महानगरपालिकाले बेवास्ता गरिरहेको स्थानीयको आरोप छ । सबैतिर सडक निर्माणको काम सम्पन्न गर्ने महानगरपालिकाले सुनसरीको दक्षिण भेगलाई विराटनगरसम्म जोड्ने सडकका विषयमा भने चासो नदिएको स्थानीय मुकेशकुमार साहको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर