AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको आँगन स्वीट्समा भेटियो अखाद्य, मिठाइ बनाउने ‘बेसन’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ कार्तिक २०७७, आईतवार २०:२३
1.14k
Shares
विराटनगर/विराटनगरमा रहेकोे आगन स्वीट्समा मिठाइ बनाउने ‘बेसन’ न्यून गुणस्तरको पुष्टि भएपछि नष्ट गरिएको छ ।

आँगन स्वीट्सले उपभोग्य मिती नभएको बेसन र फोहर ठाउँमा डल्ला परेको बेसन प्रयोग गरेको अनुगमनको क्रममा असोज १९ गते भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले नमूना संकलन गरि परीक्षण गरेको थियो । परीक्षण रिपोर्टमा आँगनले प्रयोग गरेको बेसन न्यून गुणस्तरको भेटिएपछि अनुगमन टोलीले आज शील गरिएको तीन बोरा भन्दा बढी बेसन नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । नष्ट गरिएको बेसनको उपभोग्य मिति नभएको ३० केजी तौलको छ । यस अघि आँगन स्वीट्समा अनुगमनको क्रममा २ केजी मिठाइमा झिगाँ परेको भेटिएपछि नष्ट गरिएको थियो । न्यू गुणस्तरको बेसन भेटिएको आँगन स्वीट्सलाई खाद्य प्रविधि तथा गण नियन्त्रण कार्यालयले थप खाद्य ऐन अन्र्तगत पनि कारवाहीको प्रक्रिया अगाडी बढाउने भएको छ ।

यसैगरि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा आइतबार गरिएको अनुगमनको क्रममा विराटनगरका खुद्रा पसलहरूमा म्याद सकिएको खाद्य बस्तु भेटिएको छ । विराटनगर ११ नयाँ गुद्रीमा प्रभु भगतले संचालन गरेको विष्णु किराना स्टोर खुद्रा पसलमा पापड म्याद सकिएको भेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर