AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज थपिए ४ सय ९ जना कोरोना संक्रमितको , संक्रमितको संख्या १० हजार नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ आश्विन २०७७, आईतवार १८:१०
972
Shares
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस्मा १ सय ३२ महिला र २ सय ७७ जना पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ ।

मोरङमा २ सय ३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २/२, धनकुटा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ९७ जनामा संक्रमण देखिएको छ । कोरोना पोजेटिभ देखिएकामा ७५ महिला र १ सय २२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १२, बुढीगंगामा ७, बेलबारीमा ५, उर्लाबारीमा ३, रंगेली, पथरीशनिश्चरे र धनपालथानमा २–२, कटहरी र सुनबर्षीमा १–१, लेटाङ, ग्रामथान, जहदा र मिक्लाजुङका १/१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा ४८, दुहवीमा १२, इनरुवामा ७, धरान, बराहक्षेत्र र रामधुनीमा ६, बर्जुमा ५, हरिनगरमा ३, गढीमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १७, दमकमा १२, मेचीनगर र भद्रपुरमा ३/३, कमलगाउँपालिकामा २, गौरादह, बा¥हदशी र झापा गाउँपालिकामा १–१, उदयपुरको त्रियुगामा ८, इलामको देउमाई र सुर्योदयमा १–१, पाँचथरको फिदिममा २, सोलुखुम्वुको थुलुङ दुधकोशी र स्थानीय तह नखुलेका १–१, धनकुटाको महालक्ष्मीमा १, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५ जना डिस्चार्ज भएका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८ सय १२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर