खबर पूर्वाञ्चल
समाजको स्थापना दिवसको अवसरमा वितरण गरिने पुरस्कार पहिलोपटक कवि शम्चुलाई समर्पण गर्न लागिएको हो । समाजकी अध्यक्ष ममता मृदुलले पुरस्कारको घोषणा गर्दै राम्रो सिर्जना गर्ने नारी–पुरुष दुवै स्रष्टालाई हरेक वर्ष समर्पण गरिने बताइन् । पुरस्कारको राशि ५ हजार ५ सय ५ रुपैयाँ रहेको छ । पुरस्कारको राशि वृद्धि गर्दै लगिने उनको भनाइ छ । घोषित पुरस्कार समाजको स्थापना दिवसको अवसर पारेर आगामी मंसिर २ गते प्रदान गरिनेछ ।