AArya
RUMPUM
animated ellipse animated ellipse

खरिद विल नराख्ने डिपाटमेन्ट कारवाहीमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ आश्विन २०७७, बुधबार १९:२८
333
Shares
दमक / दमक नगरपालिका ६ स्थित सिग्देल डिमाटमेन्ट स्टोरले खाद्यबस्तुको खरिद विल देखाउन नसक्दा कारवाहीमा परेको छ ।

खरिद बिल बेगार आफुखुसी खाद्य सामाग्री विक्री वितरण गरेको जनगुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आज गरेको अनुगमनको क्रममा डिपाटमेन्ट स्टोर कारवाहीमा परेको हो ।

खरिद बिल नराखि उक्त टिपाटमेन्ट स्टोरले आफुसी खाद्यबस्तुको विक्री वितरण हुने गरेको गुनासो वार्णिज्य कार्यालयमा आएको थियो । सिग्देल डिपाटमेन्ट स्टोरले खरिल बिल नदेखाएपछि उपभोक्ता संरक्षण ऐन अनुसार कारवाहीको दायरामा ल्याएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । वार्णिज्य कार्यालयले पहिलो पटक मोरङ बाहिर अनुगमन गरेको छ ।

प्रदेश १ को १४ जिल्ला कार्यक्षेत्र भएपनि यस अघि मोरङ जिल्ला भित्र मात्र अनुगमन हुने गरेको थियो । कोरोना संक्रमण फैलिएको रहेको अवस्थामा बजारमा उपभोक्ताहरूबाट जनगुनासो आउन थालेपछि अब कार्यालयको कार्यक्षेत्र भित्र अनुगमन हुने पोखरेलले बताए ।

यसै गरि दर्ता बेगार सञ्चालन गरेको स्वास्थ्य सामाग्री विक्री गर्ने पसललाई पनि कारबाही गरेको छ । भोजकुमार उप्रेतीले दमक नगरपालिका ७ मा कोठा भाडा लिएर माक्स, सेनिटाइजरहरू विक्री वितरण गरेको भेटिएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको वाणिज्य कार्यालयका प्रमुख पोखरेलले जानकारी दिए । ‘मानव स्वास्थ्य सँग जोडिएको संम्बेदनशिल बस्तुको विक्री वितरण गर्ने पसल दर्ता प्रक्रिया बेगार सञ्चालन भएको भेटियो,’ उनले भने, ‘अनाधिकृत व्यापारीक क्रियाकलपा गरेको पाइएपछि कारवाहीको दायरामा ल्याएका छौं ।’ सात दिन भित्र दर्ता प्रक्रियामा लिएर सञ्चालन गर्न निर्देशन दिदै ५० हजार रुपैयाँ जरिवाना गराएको उनले बताए । ‘व्यापार सञ्चालन गर्ने हो भने सात दिन भित्र दर्ता प्रक्रियामा गएर सञ्चालन हुनुपर्ने नभए तत्काल बन्द गर्न निर्देशन दिएका छौं,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर