खबर पूर्वाञ्चल
मोरङमा १ सय ६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, ते¥हथुम र प्रदेश १ बाहिरका १/१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १ सय ६७ जना मध्ये विराटनगरमा मात्र १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन् ।
विराटनगरबाहेक मोरगको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २/२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १/१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको दुहवीमा १ महिला ४ पुरुष, धरान र इटहरीमा १/१ पुरुष, झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १/१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, ते¥हथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३६ पुगेको छ ।
प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आईसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय २५ पुगेको छ ।