खबर पूर्वाञ्चल
मृत्यु हुनेमा विराटनगर ९ ्रका ४५ वर्षिय पुरूष र रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरुष रहेको कोशी अस्पतालका आइसोलेन प्रमुख डा. लक्ष्मी नारायण यादवले पुष्टि गरिदिएका हुन् ।
विराटनगरका पुरूषको आज दिउँसो साढे १ बजे उपचारको क्रमममा र रंगेलीका पुरुषको अस्पताल ल्याइपु¥याउँदा मृत्यु भइसकेको डा. यादवले बताए ।
मंगलबार राति श्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । विराटनगरका ती पुरूषलाई लिभर र सुगरको समस्या पनि रहेको डा. यादवले बताए । रंगेलीका मृतक पुरुषलाई श्वासप्रश्वासमा समस्या रहेकाले आफन्तले अस्पताल ल्याएका थिए । अस्पताल ल्याइ पु¥याउँदा मृत्यु भएको डा. याबवले बताए ।
मतृकको बुधबार विहान १० बजे स्वाब संकलन गरिएकोमा अपरान्ह ४ बजे पोजेटिभ रिपोर्ट आएको डा. यादवले जानकारी दिए । मृतकका आफन्तले भने चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका थिए ।
यो सँगै मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ । यस अघि विराटनगरमा सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो । यसअघि सुनवर्षीका एक पुरुषको कोशी अस्पतालबाट थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।