खबर पूर्वाञ्चल

मृतक रोमन शनिबार दिउँसो ३ बजेदेखि खेल्ने क्रममा हराएका थिए । खोजविनमा जुटेका परिवार र छिमेकीले मृतकको घरदेखि करिब २ सय मिटर दक्षिणमा दाउ रायको घरअगाडी डुबेको अवस्थामा शनिबार साढे ६ बजे फेला पारेको स्थानिय सुमित कामतले जानकारी दिए । रोमनलाई विराटनगरस्थित कोशी अस्पतला पु¥याउँदा चिकित्सकले मृतक घोषण गरिसकेको उनले बताए ।
बर्सेनी केशलिया खोलाबाट मनोमानी रूपमा अवैध उत्खनन् गर्दा त्यसको प्रत्यक्ष असर बर्खायाममा विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका बस्तीले सास्ती खेप्नु परेको छ । वर्षा शुरु भएसँगै केशलिया खोलाले धार परिवर्तन गरी बस्तीमा बाढी पस्दा विराटनगर महानगरपालिकाको सयौं घर डुबानमा परि विस्थापित हुने गरेका छन् ।
शनिबार रातीदेखि परेको वर्षाको कारण केशलीया खोला विराटनगर – ६ ब्रमापुराबाट पस्दा विराटनगर १२ को बखरी, सिमराही र विराटनगर १६ को दरैया बस्तीका गरि ९५ घर डुवानमा परि ४ सय ५० जना विस्थापित भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रशासन र स्थानिय सरकारले केसेलिया खोलामा अवैध रूपमा हुने उत्खनन रोक्न नसक्दा र मजबुत रूपमा तटबन्धन गर्न नसक्दा बर्खायाममा मानविय र जनधनको क्षति हुने गरेको यहाँका स्थानियको भनाई छ । विराटनगर १६ दरैया बस्तीका मृतकका बावु सोभालाल कामतले सरकारले राम्रोसँग खोलामा तटबन्धन गर्न नसक्दा बस्तीमा खोला पसेर अकालमै छोरा गुमाउनु परेको बताए । ‘वर्षा सुरू हुनुभन्दा अगाडी स्थानिय र प्रदेश सरकारले खोलामा समयमै तटबन्धन गरिदिएको भए आज यस्तो दुःखद घटना हुने थिएन,’ उनले भने ।
विराटनगर १६ दरैयाका सुमित कामतले खोलामा तटबन्धन र पीडित परिवारलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने बताए ।