प्रदेश १ मा एसईईको तयारी कक्षा शुरु हुने

खबर पूर्वाञ्चल, १२ बैशाख २०७७, शुक्रबार ०८:३३

विराटनगर / प्रदेश १ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी कक्षा शुरु हुने भएको छ । एसईईको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले तयारी कक्षा सञ्चालनबारे नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग सम्झौता गरेको छ ।

दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालनबारे सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ र इटहरी प्रशारण केन्द्रका प्रमुख डा. टंक उपे्रतीवीच सम्झौता भएको छ । पहिलो चरणमा वैशाख १५ देखि जेठ १५ गतेसम्मका लागि सम्झौता भएको छ ।

एसईई तयारी कक्षा वैशाख १५ गते देखि शुरु हुने सामाजिक विकास मन्त्रालय शैक्षिक योजना शाखाका अधिकृत मानवहादुर देवकोटाले जानकारी दिए । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले तयार गरेको सामाग्री प्रसारण गरिने देवकोटाले बताए ।

एसईई तयारी कक्षा शुरु हुनुअघि दैनिक १० मिनेट विज्ञबाट विद्यार्थीलाई विभिन्न व्यवहारीक ज्ञानबारे जानकारी दिइने उनले बताए । उनले भने,‘ विद्यार्थीले विज्ञलाई विभिन्न विषयबारे राखेको जिज्ञाशा पनि कार्यक्रममा प्रशारण गरिने छ ।’

हरेक दिन विहान १० वजेदेखि कक्षा शुरु हुने सामाजिक विकास मन्त्रालय शैक्षिक योजना शाखाका अधिकृत देवकोटाले बताए । उनका अनुशार पहिलो सम्झौता अनुसार ९० वटा कक्षा सञ्चालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. अर्जुन लेख्नुहुन्छ

    यस्तो कक्षाकाे काम छैन। किनकि NCED ले तयार पारेकाे सामाग्री youtube मा छ। NTV plus ले त्यहीँ सामाग्री प्रत्येक दिन ११ वजे देखि प्रशारण गरिरहेकाे छ। अहिले विद्यार्थीहरूले तेस्रो तहकाे पठन पाठनकाे आवश्कता छ। तर उक्त सामाग्री प्रथम तहकाे भएकाेले विद्यार्थीकाे आवश्कता पूरा गर्दैन । उक्त सामाग्री नेपाली माध्यममा भएकाेले सवै विद्यार्थीकाे लागि उपयुक्त छैन। खर्च नगराै।

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५