विराटनगर / विश्वमा कोरोना संक्रमणका कारण हाल सम्म १ लाख ८ हजार ८ सय २७ जनाको ज्यान गएको छ ।
तथ्यांक अपडेट गरिरहेको वोल्डो मिटरले आज बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमण भाइरसबाट १७ लाख ८० हजार ३ सय १४ जना संक्रमिक रहेको पुष्टि गरेको छ । त्यस्तै, ४ लाख ४ हजार ४१ जना उपचारपछि निको भएर घर फर्केका छन् । मृत्यू र संक्रमितको संख्या अमेरिकामा उच्च रहेको छ । अमेरिकामा अहिलेसम्म ५ लाख ३२ हजार ८ सय ७८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने सबैभन्दा धेरै अमेरिकामा अहिलेसम्म २० हजार ५ सय ५७ जनाको मृत्यु भएको छ । त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन् । अमेरिकामा हिजो मात्रै १ हजार ८ सय ३० जनाको ज्यान गएको छ ।
अमेरिका पछि बेलायतमा मृत्यकको संख्या एकै दिन सबै भन्दा बढी छ । बेलायतमा ९ सय १७ पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ हजाार आठ सय ७५ पुगेको छ । बेलायतमा ७८ हजार ९ सय ९१ संक्रमिक भएकोमा ३ सय ४४ उपचारपछि निको भएर घर फर्केका छन् । अमेरिका पछि इटलीले ठूलो क्षति ब्यहोरेको छ । इटलीमा १९ हजार ४ सय ६८ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ५ सय ३४ उपचारपछि निको भएर घर फर्केका छन् । इटलीमा १ लाख ५२ जाहर २ सय २७ संक्रमिक रहेका छन् ।
त्यस्तै स्पेनमा १ लाख ६३ हजार २७ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ भने ५५ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् । स्पेनमा १६ हजार ६ सय ६ जना कोरोना भाइरसबाट मुत्यु भएका छन् ।
छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ८ हजार ४ सय ४६ छ भने २ सय ८८ जनाले ज्यान गुमाइसकेका छन् । ९ सय ६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा भने ९ जना संक्रमिक भएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन्
तपाईको प्रतिक्रिया