पूर्वाञ्चल खबर
तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक जंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् ।
मंगलवारदेखि हराईरहेका वृद्ध चुहानडाँडा स्थित लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा हिजो सव फेला परेक हो ।
मंगलवार सो जंगलमा आगलागी समेत भएको बताईएको छ । घटनाको जानकारी पाएसंगै ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको तेह्रथुम प्रहरीले जनाएको छ ।