पूर्वाञ्चल खबर
हिजो साँझ बसेको कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशभर चैत ११ गतेदेखि १८ गतेसम्म लक डाउन घोषणा गरेको हो । संक्रामक रोग ऐन २०२० अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १ सय रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन्छ ।
‘लकडाउन’ मा प्रेस, पानी, अस्पताल, औषधि पसल, खाद्यान्य, दुध बिक्री केन्द्र, बैंक तथा वितिय संस्थासहितका अत्यावश्यस सेवाबाहेक अन्य सेवा सवै बन्द हुने छ । लकडाउनको समयमा अत्यावश्यक कामबाहेक अन्यथा बाहिर निस्कन पाइने छैन् ।