अधिकारीलाई विदाई, पोखरेललाई स्वागत

खबर पूर्वाञ्चल, ६ चैत्र २०७६, बिहीबार १८:२३

विराटनगर / विराटनगर महानगरमा सरुवा भइ आएका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेललाई स्वागत गरिएको छ भने सरुवा भएका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीको आज बिदाई गरिएको छ ।

कुशल प्रशासकको छवी बनाएका अधिकारीको विदाइ कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीले प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले विकास निर्माणका हजारौ सपनाहरु बोकेर हिडेका जनप्रतिनिधिहरुको सपना पुरा गर्ने कुरामा प्रमुख प्रशासकिय अधिकृतको ठूलो भुमिका हुने बताए । प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहदा अधिकारीले गरेका कामको प्रशंसा मेयर पराजुलीले गरेका थिए । नयाँ प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेलवाट पनि समाज रुपान्तरसहित विकासका गतिमा पूर्ण सहयोग रहने मेयर पराजुलीले बिश्वास ब्यक्त गरे ।

उपमेयर इन्दिरा कार्कीले जनचाहना अनुरुप काम गर्ने बातावरण सवै पक्षबाट हुनेमा आशा ब्यक्त गरिन् । एउटै ठाउँमा बस्दा तितामिठा सवै कुरा हुने भए पनि विकासका काममा सबैको दायीत्व रहने बताइन् ।

सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत पोखरेलले जनप्रतिनीधिको स्पिडमा काम गर्ने बताए । उनले आफुवाट कुनै कन्जुसाइ नगरी विराटनगरको विकास र प्रगतिमा निरन्तर लाग्ने बताए ।

निवर्तमान प्रमुख प्रशाकिय अधिकृत अधिकारीले देशको संघीय कार्यक्रम र योजना बारे केही अशन्तुष्टी ब्यक्त गरेका थिए । कर्मचारीको सरुवा ,बढुवा र सेबानिवृत्त हुने कुरा अनौठो नभएपनि संघीयता कार्यान्वयन र स्थानिय सरकारलाई हेर्ने दृष्टिकोण कमजोर मानसिकतावाट गुज्रिएको बताए । आफु बसुन्जेल विराटनगरको विकासमा आफुले अधितम कार्य गरेको बताए ।

कार्यक्रममा वडाध्यक्ष विनोद बस्नेत ,कर्मचारीका तर्फबाट हिरालाल यादवलगायतले आ आफ्ना धारणा राखेका थिए । अधिकारी एक वर्ष अगाडी गृहमन्त्रालयवाट शरुवा भइ आएका थिए । अहिलेका पोखरेल भने स्वास्थ्य मन्त्रालयवाट आएका छन् । पोखरेलको स्थानीय तहमा पहिलो अनुभव हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५