पूर्वाञ्चल खबर
विराट होटल व्यावसायी संघका सदस्य समेत रहेका पाण्डेलाई विराटनगरका होटल व्यावसायीहरले मिलेर उपचारको लागी आर्थिक सहयोग गरेका हुन् ।
एक बर्ष देखिनै दुवै किड्नी फेल भइ काठमान्डौमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराइरेका पाण्डेलाई यहाका होटल व्यावसायीहरुले उपचारको लागी सहयोग गरेका हुन् । विराटनगरमा रहेको विराट होटल व्यावसायी संघका सदस्यहरु मिलेर विरामीका आमा पदमकुमारी पाण्डेको हातमा १ लाख १३ हजार ४ सय ६० रुपैया हस्तान्तरण गरेको संघका अध्यक्ष विजय प्रसाइले जानकारी दिए ।
त्यसैगरी पाण्डेलाई हङकङ्गमा बसोबास गर्दै आएका नेपाली प्रवासी र विराटनगरका कमल लामा मिलेर २३ हजार नगद सहयोग गरेका छन् ।