विराटनगर / २९ तारिखबाट सुरू हुने भारतमा हुने इन्डियन प्रीमियर लिग (आईपीएल) को १३ औं संस्करणको खेल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) १५ अप्रिलसम्मका लागि सारेको छ ।
कोरोना भाइरसका कारण पछिल्लो पटक भारतमा विदेशी पर्यटकलाई आउन बन्द गरेसँगै विदेशी खेलाडी पनि आउनमा कठिनाई हुने भएकाले बीसीसीआईले आइपीएल अप्रिल १५ तारिखका लागि सारिएको हो ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले आइपीएल आयोजकका शिर्ष पदाधिकारीसँग गरेको छलफलपछि यो निर्णय गरेको हो । यसअघि मद्रास हाइकोर्टले केन्द्रीय सरकारलाई आइपीएल सार्नका लागि बीसीआईलाई निर्देशन दिन आग्रह गरेको थियो ।
यस्तै कोरोनाको बढ्दो प्रभावका कारण महाराष्ट्र सरकारले मुम्बईको वाङखडे क्रिकेट मैदानको टिकट विक्रिमा रोक लगाएको थियो । त्यसपछि दिल्लीमा पनि टिकटक विक्रि गर्न नपाउने बताइएको थियो ।
बीसीसीआईले खाली स्टेडियम र विदेशी खेलाडी विना नै आइपीएल गर्ने भन्दै अडान राखेको थियो । चौतर्फिको दबावपछि अन्तिममा बीसीसीआईले आइपीएल १७ दिनका लागि सार्न निर्देशन दिएको छ । आइपीएल आयोजकले सबै आठ फ्रेन्चाइजी टिमलाई आजै पत्राचार गरिसकेको छ ।
जसमा सबै फ्रेन्चाइजी लिगका मालिकलाई मुम्बईमा छलफलका लागि बोलाएको छ । योसँगै कोरोनाको प्रभावका कारण सारिने ठुलो प्रतियोगितामा आइपीएल पनि परेको छ । यसअघि च्याम्पियनस लिग, एनबीए, एटीपी टुरहरु कोरोनाका कारण स्थगित भइसकेका छ ।
तपाईको प्रतिक्रिया