विराटनगर सञ्चालन हुँदै आएको १० रुपैयाको भरपेट खाना स्थगित अभियान स्थगित

खबर पूर्वाञ्चल, ३० फाल्गुन २०७६, शुक्रबार १९:२६

विराटनगर / विराटनगरका समाजसेवी दिलिप धाडेवाले सञ्चालन गर्दै आएको १० रुपैयामा भेटभरी खाना अभियान स्थगित भएको छ ।

विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण विराटनगरमा केही समयअघिदेखि सञ्चालन हुँदै आएको दस रुपैयाँमा भरपेट खाना अभियान स्थगित भएको हो ।

दिलीपको अगुवाइमा विगत ७४ दिनदेखि जारी उक्त अभियान कोरोना भाइरसका कारण १ चैतदेखि अनिश्चितकालीन समयका स्थगित गरिएको धाडेवाले बताए ।

कोरोना भाइरसका फैलिरहेको अवस्थामा खाना खाने स्थानमा भिडभाड हुने भएका कारण हाल अर्को सुचना नहुन्जेल सम्म स्थगित गरिएको धाडेवाले जानकारी गराए ।
करिव साढे २ महिनासम्म सञ्चालन भएको अभियानमा ७० हजार भन्दा बढीले खाना खाएको धाडेवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५