खैरो हिरोईन सहित एक पक्राउ

खबर पूर्वाञ्चल, २८ फाल्गुन २०७६, बुधबार २१:०२

विराटनगर /प्रहरीले खैरो हिरोईनसहित एक जनालाई पक्राउ गरेको छ ।

मोरङ बेलबारी नगरपालिका – ८ का गउथली चोकका २९ वर्षिय कमान सिंह राई ब्राउन सुगर (खैरो हिरोइन ) सहित पक्राउ परेका हुन् ।

प्रहरीले विराटनगर महानगरपालिका १५ चाईना मार्केट स्थितबाट १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागूऔषध ब्युरोको टोलीले राईलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिए ।

भारत जोगवनीबाट नेपालतर्फ आउदै गरेको क्रममा शंका लागी चेकजाँच गर्दा राईको साथबाट खैरो हिरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट १५ ग्राम बरामद गरेको छ । प्रहरीले राईको साथबाट बरामद गरेको खैरो हिरोइन भारतको जोगवनीबाट ५० हजार खरिद गरी सेवन र विक्री गर्न ल्याएको पाइएको छ ।

‘पक्राउ परेका राई सेवन कर्ता र कारोबारी रहेको पाइएको छ,’ डिएपी राईले भने । पक्राउ परेका राईले प्रति डोज १ हजार देखि १ लाख हजार हजार रुपैयाँसम्ममा बेच्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला अदालत मोरङमा म्यात थप गरि इलका प्रहरी कार्यालय रानी विराटनगरमा राखेर अनुसन्धान गर्दै आएको डिएसपी राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५