पथरीशनिश्चरेमा सडक शिलान्यास

खबर पूर्वाञ्चल, २४ फाल्गुन २०७६, शनिबार २०:४२

पथरी / मोरङको पथरीशनिश्चरे ४ मा सडक स्तरोन्नती कार्यको शिलान्यास भएको छ ।

आज वडाध्यक्ष गोविन्दबहादुर भण्डारीसहित वडा सदस्यहरु र
स्थानीयवासीको उपस्थितिमा देउरालीचोकमा २८० मिटर सडक स्तरोन्नतीको लागि शिलान्यास भएको हो ।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष भण्डारीका साथ वडा सदस्यहरु तुलसादेवी दर्जी, अम्बरबहादुर बराईली, स्थानीय युवा समाजसेवीहरु राजकुमार विश्वकर्मा, नारायण दाहाल, शमशेर राईलगायतको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा वडाबाट विनियोजित बजेटले देउराली चोकदेखि आपगाछीसम्मको सडक स्तरोन्नती, सेतीसिलवाल टोलदेखि कोसेली चोकसम्म १ नम्बर ग्राभेल र प्रगति चोकदेखि वडा कार्यालय जानेबाटो लुज ग्राभेल गरिनेछ । त्यसको लागि वडाले १० लाख २५ हजार रुपैयाँ छुट्याएको छ ।

सडक काविल कन्ट्रक्सनले टेन्डर प्रक्रियाबाट ९ लाख ९९ हजार रुपैयाँमा निर्माणको जिम्मा पाएको वडाध्यक्ष भण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५