विराटनगर / विराटनगर – ८ हाटखोलास्थित करिब ७० करोड लगानीमा निर्माण भएको आधुनिक सुविधासहित आर.के. सिटी सेन्टर आजदेखि सञ्चालनमा आएको छ ।
विराटनगरको आरके चिल्ड्रेन अस्पतालका सञ्चालक डा. सुवोध शर्मा र सुनिल शर्माकोे लगानिमा अत्याधुनिक सुविधा सम्पन्न ८ तले भवनमा आर.के. सिटी सेन्टर सञ्चालनमा आएको हो । आर.के. सिटी सेन्टरको सञ्चालकद्वय डा. सुवोध र सुनिलकी ६५ वर्षिय आमा सावीत्रीदेवीले आज एक कार्यक्रम विच सेन्टरको उद्घाटन गरिन् । करिब डेढ वर्षमा निर्माण भएको सेन्टरमा अत्याधुनिक मल्टिप्लेक्स, रुफ टप स्विमिङ पुल, रुफ टप स्काई बार, जिम हल, जुम्बा, बालबालिकाका लागि प्ले जोनलगायत सुविधा छन् ।
भवनको फिनिसिङका काम पुरा भएकोले औपचारीक रूपमा उद्घाटन गरि सञ्चालनमा ल्याएको सेन्टरका महाप्रवन्धक राजेश प्रसाइले जानकारी दिए । साढे ३ कट्ठा क्षेत्रफलमा उक्त भवन निर्माण भएको हो । आरके सिटी सेन्टर सञ्चालनको अवसर पारेर एक महिनासम्म विभिन्न सामाग्रीमा छुटको योजना ल्याएको छ ।
सेन्टरमा घर सजावटको समाग्री खरिदमा उपभोक्तालाई १५ प्रतिसत छुट योजना रहेको छ । यस्तै फनिर्चरको सामानमा १५ प्रतिशत, लत्ताकपडाको खरिदमा १५ प्रतिशत छुट रहेको छ । यसैगरि ६ हजार देखि ९ हजार ९ सय ९९ रुपैयाँसम्मको लत्ताकपडा खरिदमा थप १ हजार रुपैयाँ छुट योजना रहेको छ । १० हजारदेखि १९ हजार ९ सय ९९ रुपैयाँको कपडा खरिदमा २ हजार र २० हजार भन्दा माथिको लत्ताकपडा खरिदमा ५ हजार रुपैयाँ छुट योजना अगाडी सारेको महाप्रवन्धक प्रसाइले बताए ।
सिटी सेन्टरमा दैनिक उपभोग्य सामाग्रीसहित इलेक्ट्रोनिक्स, लताकपडालगायत सामाग्री राखिनेछन् । आधुनिक लिफ्ट राखिएको सेन्टरले उपभोक्ताहरुको आवश्यकतालाई पूर्ती गर्ने विश्वास लिइएको महाप्रवन्धक प्रसाईले बताए ।
Great job nd feeling happy to heard about it.