AArya
RUMPUM
animated ellipse animated ellipse

विराट नर्सिङ होमले बन्धक बनाइएको जीवनको आठ महिना पछि उद्धार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७६, सोमबार २०:२५
3
Shares

विराटनगर / आठ महिनादेखि विराटनगरको विराट नर्सिङ होमले बन्धक बनाइएको एक विरामीको उद्धार गरीएको छ ।

उपचार गरेको पैसा तिर्न नसकेर विराट नर्सिङहोमले बन्धक बनाएको संखुवासभा खाँदबारी नगरपालिका–१० का २० वर्षीय जीवन भुजेलको आज उद्दार गरीएको हो ।
भोजपुरको षडानन्द नगरपालिका–१ मझुवावेंसीमा असार ५ गते विवाद हुँदा जीवनमाथि रड प्रहार भएको थियो । गम्भीर अवस्थामा विराट नर्सिङहोममा भर्ना भएका उनको उपचारमा लागेको खर्च नभएपछि उनलाई अस्पतालले बन्धक बनेको थियो ।

धरान–संखुवासभा सरोकार समाजको अगुवाईमा उपचार वापत लागेको खर्च बुझाएर जीवनलाई आज अस्पतालबाट बाहिर निकालिएको हो । उनको उपचार वापत लागेको पाँच लाख रुपैयाँ अस्पतालाई बुझाइएको समाजका अध्यक्ष मिक्मा भोटेले जनाकारी दिए ।

दुई लाख ९७ हजार अस्पतालले मिनाहा गरिदिएको छ । अध्यक्ष भोटेकाअनुसार औषधि र क्यान्टिनमा लागेको एक लाख ७२ हजार रुपयाँ पनि भुक्तानी गरिएपछि अस्पतालले डिस्चार्ज दिएको हो ।
चन्दनपुर घर भई अस्टे«लियामा रहेकी सविना थापाले जीवनका लागि एक लाख रुपैयाँ सहयोग गरिन् । हङ्कङबाट धर्म राईको नेतृत्वमा संकलन गरेर दुई लाख ९३ हजार तीन सय ६० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भोटेले बताए ।

संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमलगायतको पहलमा गृह मन्त्रालयले पाँच लाख रुपैयाँ दिएको छ । सरोकार समाजले २४ हजार एक सय ८० रुपैयाँ सहयोग ग¥यो ।

खाँदबारी नगरपालिकाले एक लाख र सरोकार समाजले २४ हजार एक सय ८० रुपैयाँ संकलन गरेको अध्यक्ष भोटेले बताए । उनका अनुसार उपचारमा १० लाख १७ हजार संकलन भएको थियो । अस्पतालको खर्च तिरेर बचेको रकमले जीवनको थप उपचारमा खर्च गरिनेछ ।

जीवनको घाँटीको शल्यक्रिया गर्नुपर्ने अवस्था छ । उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको अध्यक्ष भोटेले बताए । भोजपुर षडानन्द गाउँपालिकाको मझुवाबेंसी भन्ने स्थानमा उनीसँग गएका साथीहरूले झगडा गरेपछि जीवनले छुट्याउन खोजेका थिए ।

झगडा छुट्याउन खोज्दा उनीमाथि पछाडीबाट रड प्रहार भएको थियो । गम्भीर अवस्थाका बिरामी जीवनलाई बुबाले विराटनगर ल्याएका थिए । तर पैसा नभएपछि बुबा पनि सम्पर्क्विहीन भए ।

घाँटीमा गहिरो चोट लागेका कारण उनी बोल्न सक्दैनन् । सास फेर्नका लागि घाँटीबाट पाइप हालिएको छ । कसैले प्रश्न गरे हातको इसारा र लेखेर जवाफ दिन्छन् ।

जिवनमाथि आक्रमण गर्नेहरु प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन भोजपुरले मागेको जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर असार ३० गते छुटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर