प्रचण्डमाथि जुत्ता प्रहार गर्ने प्रहरी नियन्त्रणमा

खबर पूर्वाञ्चल, १८ फाल्गुन २०७६, आईतवार १९:४१

काठमाण्डौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपाका नेता स्वर्गीय भरतमोहन अधिकारीको प्रथम स्मृतिसभा भइरहेको काठमाण्डौँको राष्ट्रियसभामा प्रचण्डमाथि आज जुत्ता प्रहार भए पनि उनलाई भने लागेन । सभालाई संबोधन गरी मञ्चमा फर्किने क्रममा दर्शकदीर्घातर्फ रहेका तिरुवाले प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरेका थिए । जुम्ला जिल्लामा स्थायी घर भएका तिरुवाले काठमाडौँमा लोकसेवाको तयारीका लागि आएको प्रहरीसँगको बयानमा भनेका छन् । तिरुवाका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएको बुझिएको छ ।

तिरुवाले प्रचण्डको भाषणमा चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बताएका छन् । भाषणका क्रममा प्रचण्डले वर्ग सङ्घर्षको कुरा गरेको तर आफूलाई चित्त नबुझेपछि आवेशमा घटना भएको प्रहरीलाई तिरुवाले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५