RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ फाल्गुन २०७६, आईतवार १९:१७
3
Shares
फाइल तस्वीर
काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

सत्तारुढ नेकपाको आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो मिर्गौलाको प्रत्यारोपणको तयारीका बारेमा जानकारी गराका थिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले आजको सचिवालय बैठकमा आफ्नो उपचारको बारेमा जानकारी गराएको बताए । त्यसपछि नेकपा सचिवालय बैठकले ओलीको सफल मिर्गौला प्रत्यारोपण र स्वास्थ्यलाभको शुभकामना दिएको पनि श्रेष्ठले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली मंगलबारनै अस्पताल भर्ना हुने तयारी गरिएको छ ।

प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र उनीसामु विकल्प थियो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि उनको नातिनीको मिर्गौला मेल खाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज स्रोतका अनुसार नातिनीको मिर्गौलासँग मेल खाएपछि त्यसैअनुसारको तयारी गरिएको हो ।

नातिनीको नाम भने गोप्य राखिएको छ । प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनाले मिर्गौला दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर