इटहरी / सुनसरी र मोरङ इटहरीमा सम्पन्न ग्रासरुट क्षेत्रिय लिग फूटबलमा च्याम्पियन बनेका छन ।
इटहरी २० तरहरामा तीन दिनसम्म भएको लिगमा बिजयी हुदै सुनसरी र मोरङ प्रदेश लिगका लागि छनौट भएको हुन । दश बर्षमुनीको उमेर समुह अन्तर्गत भएको फाइनल खेलमा सुनसरीले मोरङलाई तीन सुन्यले पराजित गर्दै प्रदेश लिगको लागि छनौट भएको हो । यस्तै १३ बर्ष उमेर समुह अन्तर्गत मोरङले सुनसरीलाई तीन सुन्यले नै पराजित गर्दै छनौट भएको छ ।
१३ बर्ष मुनीको छात्रा तर्फको खेलमा मोरङले सुनसरीलाई दुई एक गोल अन्तरले पराजित गर्दै प्रदेश लिगको लागि छनौट भएको छ । लिगमा प्रदेश एकका झापा, मोरङ, सुनसरी र उदपयुर गरी चार जिल्ला सहभागी थिए । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी जिल्ला कोषाध्यक्ष कोबितजंग कार्कीका अनुसार लिग बिजेताले आगामी महिना हुने प्रदेशस्तरिय लिग खेल्न पाउने कार्कीले जानकारी दिए । प्रदेश लिगमा भोजपुर र ताप्लेजुंगबाट छनौट भएर आएका टीमसंग आगामी महिना प्रतिष्पर्धा हुनेछ ।
तपाईको प्रतिक्रिया