AArya
RUMPUM
animated ellipse animated ellipse

महिलालाई बलात्कार गरेको आरोपमा झापाका दुई जना काठमाण्डौंंबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७६, मंगलवार २२:०७
3
Shares
काठमाण्डौं / एक महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

सुनसरीको इटहरी घर भएकी महिलालाई काठमाण्डौंं बोलाएर बलात्कार गरेको आरोपमा झापाको गौरीगन्ज गाउँपालिका १ स्थायी ठेगाना भई काठमाडौंको बूढानीलकण्ठ ६ बस्ने ३४ वर्षीय विशाल संग्रौला र ३५ वर्षीय सुवास संग्रौला प्रहरीले पक्राउ परेका हुन् ।

पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि उनीहरु दुवै जनालाई काठठमाण्डौंको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलालाई काठमाण्डौंको बूढानीलकण्ठ नगरपालिका ६ गणेशचोकस्थित सुवास संग्रौलाको घर र भक्तपुरको एक रिसोर्टमा लगेर सुवास र विशालले बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ । सामाजिक सञ्जालमा साथी बनाएर जागिर दिन्छु भन्दै काठमाण्डौं बोलाएर विभिन्न बाहानामा पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका उनीहरू विरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर