CLASSICTECH NET

किड्स एण्ड टिन ग्लोबलको फाइनलमा पुगेका प्रतियोगिले देखाए प्रतिभा

खबर पूर्वाञ्चल, १० फाल्गुन २०७६, शनिबार २०:४४

विराटनगर / किड्स एण्ड टिन ग्लोबल नेपाल मोरङको फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् ।

आउँदो फागुन २५ गते विराटनगरमा हुने उक्त प्रतियोगिताको फाइनलमा पुगेका ३२ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् ।

‘मिस ट्यालेन्ट’ शो अन्र्गत प्रतियोगिले नृत्य, गायन, चित्रकला, कविता र अभिनय प्रस्तुत गरेका थिए । उत्कृष्ट हुने एक प्रतियोगिले फाइनलमा मिस ट्यालेन्ट एवार्ड प्राप्त गर्नेछन् । ट्यालेन्ट शोको निर्णायकहरूमा चलचित्र संघ प्रदेश १ का सहसंयोजक तथा निर्देशक केशव रायमाझी, मोरङ चलचित्र संघका अध्यक्ष निरज ब्ल्याक, मिस थारूकी सेकेण्ड रनरअप सोनम चौधरी रहेकी थिइन् ।

ड्रिम्स सर्च एजेन्सीको आयोजनामा विराटनगरमा भएको प्रतियोगितामा तीन समूह रहेको छ । ४ देखि ८ वर्ष उमेर समूहका ब्रिग्रीडस, ९ देखि १२ वर्षको किड्स र १३ देखि १९ वर्ष समूहका टिन गरि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक प्रवलदिप विश्वासले जानकारी दिए । तीन समूहबाट प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय घोषण गरिनेछ ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गर्नुको साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कमल क्षेत्रीले बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५