विराट एक्स्पोमा अवलोकनकर्ताको भीड

खबर पूर्वाञ्चल, ९ फाल्गुन २०७६, शुक्रबार २०:२५

विराटनगर / विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा आज धेरै अवलोकनकर्ताको भीड रहेको थियो ।

उद्योठ संगठन मोरङले ‘आर्थिक विकासको मूल आधार कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको विराट एक्स्पोको आज अन्य दिनको तुलनामा दुई गुणा बढी अवलोकनकर्ता आएको आयोजकले जनाएको छ ।

एक्स्पोमा भारतको विहारसँग सीमा जोडिएका ठाउँका साथै मोरङ, झापा, सुनसरी, धनकुटा, इलामलगायतका ठाउँमा दैनिक अवलोकन गर्न आएको आयोजकले दाबी गरेको छ । एक्स्पो आयोजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले यस पटक सोचभन्दा बढी अवलोकनकर्ता आउनु हाम्रो लागि गौरवको कुरा भएको बताए । यस पटकको भीडले हामीले एक्स्पो गर्न थप उर्जा मिलेको र एक्स्पोबाट उपभोक्ताको जुन प्रकारको खुसी आएको छ, त्यसबाट उद्योगी, व्यवसायी, व्यापारीमा झन् उर्जा आएको बताए ।

‘विगतमा पनि यहाँको एक्स्पो हेर्न आउँथे । तर यस पटकको जस्तो व्यवस्थित कहिले देखेको थिइन,’ एक्स्पो अवलोकन गर्न आएकी सुनसरी तरहराकी राधिका खड्काले भनिन्, ‘सामान बजारभन्दा सस्तो रहेछ । यस पटक एक्स्पोमा कार्पेट ओछ्याएको कारण धूलो उडेन । खुला चौरमा कार्पेट ओछ्याएकाले हामीहरु त्यहाँ बस्न र खानालाई सहज भयो ।’

व्यवसायीहरु पनि पनि विगतको भन्दा व्यवस्थित भएका कारण आफ्नो उत्पादन उपभोक्ता समक्ष सहज रुपमा प्रस्तुत गर्न सकेको बताए । अवलोकनकर्ताहरु स्टलबाट सामान किन्ने र छेउमा रहेको विभिन्न परिकारका होटलबाट खानेकुरा ल्याएर भुँइमा बस्न र खाना सहज भएको बताए ।

एक्स्पोमा बालबालिकाको आकषर्णको केन्द्र रोटे पिङ, मौतका कुवालगायतमा अत्यधिक भीड रहेको छ । एक्स्पोमा अवलोकनकर्तालाई मनोरञ्जन दिने क्रममा शनिबार एक्स्पोको अन्तिम दिन एड्रिन प्रधानको प्रस्तुति रहने छ । उनले आफ्नो विभिन्न चर्चित गायन प्रस्तुत गर्ने छन् । एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले शुक्रबार एक्स्पोको ६० हजारभन्दा बढीले अवलोकन गर्नुका साथै ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५