AArya
RUMPUM
animated ellipse animated ellipse

बुढानिलकण्ठ स्कूलको वार्षिक उत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७६, बुधबार १६:३५
90
Shares

विराटनगर / विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ३६ औं बार्षिक उत्सव तथा अभिभावक दिवश मनाएको छ ।

स्कुलले विराटनगगरको विरेन्द्र सभागृहमा बुधबार विभिन्न कार्यक्रम गरी मनाएको हो ।

वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।

कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा नर्सरीदेखि कक्षा ३ र दोस्रो चरणमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले आफ्नो कला देखाएका थिए ।

कार्यक्रममा पहिलो चरणका प्रमुख अतिथि प्याव्सनका केन्द्रीय सचिव राजेशकुमार दास, दोस्रो चरणका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली,स्कुलका प्रिन्सिपल मणिराज भट्टराई, प्याब्सन मोरङका सचिव प्रेमसिंह सुवाल,स्कूलका सञ्चालक बुद्धिबहादुर प्रधान, अभिभावक तुलसी खतिवडा र स्कूलका को–अर्डिनेटर पञ्कज जैनलगायतले बोलेका थिए । स्कूलका नसैरीदेखि कक्षा १० सम्म करिव १ हजारभन्दा विद्यार्थीहरु रहेको स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर