पूर्वाञ्चल खबर
विराटनगर / २५ औं वर्षमा पुगेको अवसरमा विराटनगरस्थित ग्रेडेड बोर्डिङ्ग स्कूलले विविद्य कार्यक्रम गरि रजत महोत्सव मनाएको छ ।

विराटनगरस्थित वीरेन्द्र सभा गृहमा भव्य कार्यक्रमको आयोजना गरि स्कूलले आज रजत महोत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै शिक्षा इकाइ मोरङका प्रमुख दिर्घधोज चापगाईले गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावकको मन जित्नुपर्ने बताए । निजी विद्यालयहरूले अहिले अनिवार्य १० प्रतिशत छात्रवृतिमा विद्यार्थीहरू अध्यापन गराउनुपर्ने नियामवली बनेकोले जानकारी दिदै उनले यसको पूर्ण रूपमा पालना गरि अगाडी बढनुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय सचिव राजेशकुमार दास, प्रदेश १ का वरिष्ठ उपाध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतलगायतले प्रविधिको प्रयोग गरि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिए । उनीहरूले शिपसहितको जीवन उपमुखी शिक्षा प्रदान गरिनुपर्ने बताए ।
कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययरत विद्यार्थीहरूले विज्ञान प्रर्दशनीमा विभिन्न सामाग्रीहरू पनि राखेका थिए । उनीहरूले एक दर्जन स्टल प्रर्दशनीमा राखेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । यस्तै नर्सरीदेखि दश कक्षासम्म अध्ययरत विद्यार्थीहरूले नृत्य, गायन, साँस्कृतिक झल्किने फेशन शो देखाएर सहभागिहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।