पूर्वाञ्चल खबर
उदयपुर / भोजपुर आम चोक पसल भञ्ज्याङ का १६ बर्षीय विजय राई उदयपुर चौदण्डिगढी शनिबारे बजार बसाह एरियाबाट गाँजासहित पक्राउ परेका छन् ।
स ५ प ५८८१ नम्बरको मोटरसाईकलमा आएका राईलाई शंका लागी प्रहरी चौकी बेसाहबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा मोटरसाईकलको सिटकभर मुनी लुकाई छिपाई राखीएको अवस्थामा ६०० ग्राम लागुऔषध गाँजा आज बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान उदयपुर प्रहरीले जनाएको छ।