पूर्वाञ्चल खबर
विराटनगर / खेलकुदका सामाग्रीलाई लक्षित गर्दै विराटनगरका युवाले च्याम्पियन्स स्पोर्टस सञ्चालनमा ल्याउने भएका छन् ।
सरस्वती पुजाका दिनबाट विराटनगरको ट्राफिक चौकस्थित कलेज रोडमा करिब ५० लाख रुपैयाँ बराबरको स्पोटर्स हाउस सञ्चालनमा ल्याउन लागेको स्पोटर्सका प्रमुख सरोज पौडेलले जानकारी दिए । प्रदेशको राजधानी र खेलकुद गतिवीधिलाई मध्यनजर गर्दै प्रमुख पौडेलले एकै कोठा भित्र खेलकुदका सबै सामाग्री उपलब्ध गराउने उद्देश्यले स्पोटर्स हाउस खोल्न लागेको जानकारी दिए ।
खेलप्रेमीका लागि विभिन्न ब्राण्डका खेल सामाग्री उपलब्ध गराउने लक्ष्यसहित मेडल, ट्रफी, विभिन्न टोलीका जर्सी, जुत्ता लगायत सुलभ मुल्यमा उपलब्ध हुने पौडेलले बताए ।
पौडेलका अनुसार विराटनगरसंगै छिमेकी नगर, इटहरी, धरान, पथरी, उर्लाबारी, बेलबारी, दमक लगायतका खेलप्रेमी स्टोर्सबाट लाभान्वित हुनेछन् ।