RUMPUM
animated ellipse animated ellipse

सोझा गाउँलेलाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०७६, शनिबार २०:१०
3
Shares

विराटनगर / पूर्वाञ्चल साहित्य प्रतिष्ठानले हरेक वर्ष समर्पण गर्दै आएको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ युवाकवि सोझो गाउँलेलाई प्रदान गरेको छ ।

प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा नगद १५ हजार राशिको सो पुरस्कार गाउँलेलाई प्रदान गरेको हो । सुदीश निरौला मेमोरियल ट्रष्टले स्थापना गरेको सो पुरस्कार गत वर्षदेखि प्रदान गर्न थालिएको हो ।

बझाङका कवि गाउँले विगत दुई दशकदेखि कविला लेखनमा सक्रिय छन् । गाउँलेलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. विष्णुविभू घिमिरे, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, ट्रष्टकी अध्यक्ष टेकमाया निरौलालगायतले अविर, माला लगाएर सम्मानपत्र र नगद प्रदान गरे । स्रष्टासमेत रहेका निरौलाको युवा अवस्थामै निधन भएको थियो ।

निरौलाको स्मृतिमा परिवारले पुरस्कार स्थापना गरेका हुन् । कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, चलचित्रकर्मी एवं प्रसिद्ध कवि राजेन्द्र सलभ, लेखक संघकी केन्द्रीय सदस्य राधिका गुरागाईं, प्रतिष्ठानका महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदित, सुदीश निरौलाका गुरु महेन्द्र सिटौलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा उमेश लुइँटेल, शुभलक्ष्मी लम्साल, राधा भट्टराई, लक्ष्मी आचार्य, ममता श्रेष्ठ, मञ्जुश्री गिरी, चूडामणि नेपाल ‘अकिञ्चन’, रोमा निरौला, प्रयाग न्यौपाने, धीरज राई, जीविका खतिवडा, दीपक शम्चु, लक्ष्मी घिमिरे, राजेन्द्र गुरागाईं, बिन्द्रा रिजाललगायत डेढ दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर