RUMPUM
animated ellipse animated ellipse

हिसान स्पोर्ट्स मिट हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७६, आईतवार १९:५२
3
Shares

विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट गर्ने भएको छ ।

हिसान मोरङको आयोजनामा विराटनगरमा आठौं हिसान स्पोर्ट्स मिट सुरु हुने भएको हो ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरि माघ ६ देखि १७ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको छ । १२ दिनसम्म संचालन हुने उक्त प्रतियोगितामा हिसानमा आवद्ध भएका जिल्लाका २८ वटा विद्यालयका २ हजार खेलाडीहरूको सहभागि हुने हिसान मोरङका अध्यक्ष राजेश कार्कीले जानकारी दिए । प्रतियोगितामा एक दर्जन विभिन्न खेलहरू समावेश हुनेछ । ‘विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि हिसानले महोत्सवको रुपमा प्रतियोगिता गर्दैछ,’ उनले भने, ‘यस पटकको हिसान स्पोर्टस् मिटको तयारी पनि पुरा भयो ।’ आठौं हिसान स्पोर्ट्स मिट भव्य र सम्भय हुने उनले बताए ।

हिसान आवद्ध कलेजका विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराउँदै उत्कृष्ट खेलाडी र कुशल समाज निर्माण गर्ने उद्देश्यले खेलकुद प्रतियोगिता आयोजना गरेको अध्यक्ष कार्कीले बताए ।

‘पढाईसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि अगाडी बढाउन हिसानले प्रत्येक वर्ष खेलकुद प्रतियोगिता आयोजना गर्दैछ,’ अध्यक्ष कार्कीले भने । प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, टेबल टेनिस, एथलेटिक्स र बास्केटबलका खेल हुनेछ । प्रतियोगिता आयोजना गर्न करिब ११ लाख खर्च हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर