RUMPUM
animated ellipse animated ellipse

परिवार नियोजन संघ मोरङमा पुनः रेग्मी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७६, आईतवार १७:०९
3
Shares

विराटनगर / परिवार नियोजन संघ, मोरङ शाखाको सभापतिमा पुनः सन्तनु रेग्मी चुनिएका छन् ।

संघको ३० औ साधारणसभाबाट रेग्मी सभापति चुनिएका हुन । संघको विराटनगर स्थित कार्यालयमा आयोजित साधारणसभामा सचिव नितु बस्नेतले पेश गरेको सन् २०१८ को बार्षिक प्रगति प्रतिबेदन समेत पारित गरिएको थियो । त्यसैगरी कोषाध्यक्ष हरिहर रिजालले पेश गरेको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतिले पारित गरिएको छ ।

संघको गत पुस १७ गते निर्वाचन कार्यतालिका प्रकाशित गरि उमेद्वारि दर्ताका लागि सुचना जारी गरेको थियो । तोकिएको समयमा उमेदवारि दावी विरोध नपरेपछि सभापतिमा रेग्मी निर्विरोध निर्वाचित भएका हुन ।

संघको महिला सदस्यहरूमा रत्नाकुमारी श्रेष्ठ, शान्ता रिजाल, नितु बस्नेत, शुभ ढुङ्गाना चुनिएका छन । त्यस्तै सदस्यहरूमा टंक बुढाथोकी, हरिहर रिजाल, सचिन निरौला चयन भएका छन् । संघमा स्नेहा गुभाजु र आयुष्मा पोखरेल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता सिताराम राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर