पूर्वाञ्चल खबर
विराटनगर / अभिभावकत्व लिएका विद्यार्थीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज आवश्यक शैक्षिक तथा जाडोको कपडा प्रदान गरेका छन् ।
मुख्यमन्त्री राईले अभिभावकत्व गरेका मोरङको रतुवामाई नगरपालिका ५ र ६ नम्बर वडाका रोजिना खातुन, सुर्दशन मुर्मु र विनोद मुर्मुको घरमा पुगेर रतुवामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तुलाराम लुँइटेल, समाजसेवी, भरतमणी कार्की, शिक्षक भीम लुँइटेल, शिक्षिका भिमकला बस्नेत र विद्यार्थी नेता भाष्कर खनालको उपस्थितिमा मुख्मन्त्रीबाट प्रेस सल्लाकहकार ध्रुव सुवेदीले आवश्यक सामाग्री प्रदान गरेका छन् ।
रतुवामाईस्थित सरस्वती माविमा अध्ययनरत यी बालबालिकाहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री, खाद्यान्न सामाग्री र जाडोको लत्ता कपडा प्रदान गरिएको हो । मुख्यमन्त्री राईले विद्यार्थी भर्ना अभियानको क्रममा २०७५ बैशाख ९ गते अत्यन्तै अल्पसङ्खक गरीब परिवारका यी बालबालिकाहरुको पठन पाठन र रेखदेखको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । उनीहरु बाल कक्षामा अध्ययनरत छन् ।