पूर्वाञ्चल खबर
विराटनगर/ मोरङको ग्रामथान गाँउपालिका ४ का पारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय रामबहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
फुसको छाँनो भएको गोठमा आगलागी हुदा सरदारको खेतबारी हेरचाह गर्न उदयपुर घर भई सोही गोठमा बस्दै आएका सार्कीको आगोले जलेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।