पूर्वाञ्चल खबर
सुनसरी / सुनसरीको धरान उपमहानगरपालिका ८ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले आईतबार राती झापाको मेचीनगर नगरपालिका ४ काँकडभिट्टाका ३६ वर्षीय राजेशकुमार दाहाल र मेचीनगर नगरपालिका ६ का २६ वर्षीय पासाङ शेर्पालाई २२ दशमलब ३३ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
ईटहरीबाट धरानतर्फ जाँदै गरेको डब्लुबि ७४ ए एफ ३१४९ नम्बर प्लेटको भारतीय कार चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी कार चालक दाहाल र कारमा सवार शेर्पालाई नियन्त्रणमा लिईएको थियो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।