AArya
RUMPUM
animated ellipse animated ellipse

महिलालाई जवरजस्ती बलत्कार गरेको आरोपमा डाक्टर पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७६, शनिबार २१:५८
3
Shares

रौतहट / महिलालाई जवरजस्ती बलत्कार गरेको आरोपमा रौतहटमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

बलत्कार आरोपमा रौतहटको यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई रौतहट प्रहरीले पक्राउ गरिएको हो । एक महिलालाई चरम यातना दिएर सिंह बलत्कार गरेको आरोपमा पक्राउ परेका हुन ।

गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनको लागी गौर बसपार्कमा बसको प्रतिक्षा गरिरहेकैं बेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्टमा लगेर बलत्कार गरेको प्रारम्भिक अनुन्धानको क्रममा पीडित महिलाले बयान दिएको हो ।

चन्द्रनिगाहपुरबाट चितवनको गाडी चढाइदिने बाचा गरेर मोटरसाइकल पछाडी बसाएका महिलालाई डाक्टर सिँहले सरुअठास्थित हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती बलत्कार गरेको पीडित महिलालाई उदृत गर्दै रौतहट प्रहरीले जनाएको छ ।

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको छ । उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरि आवश्यक अनुन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपि नविन कार्कीले बताएका छन् । पिडितको जाहेरीपछि शुक्रबार साँझ डाक्टर सिंहलाई सदरमुकाम गौरमै नियन्त्रणमा लिएर जवरजस्ती करणी कसुर अन्तर्गतको अपराधका अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका डाक्टर सिंह सरुअठा हेल्थपोस्टमा अहेव पदमा कार्यरत भएपनि उनि भारतको दरभंगाबाट विडिएस (डेन्टीस्ट) पढेर उनी सदरमुकाम गौरमा दातको निजि क्लीनिक पनि सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर