पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिकाले वार्ड न ८ का महिलालाई आज सिलाई मेशिन वितरण गरेको छ ।
एक कार्यक्रमका विच महानगरपालिकाका प्रमुुख भीम पराजुुली र महानगरपालिकाका उपप्रमुुख इन्दिरा कार्कीले महिलालाई १९ वटा सिलाई मेशिन वितरण गरे ।
विराटनगर महानगरपालिका वार्ड न ८ तथा सैलजा आचार्य स्मृति पोलिटेक्निक र कृष्णप्रसाद कोइराला सेवागुुठिले सिलाई कटाई तथा वुुटिक तालिम दिएपछि उनीहरुलाई सिलाई मेशिन प्रदान गरिएको वडाअध्यक्ष निश्चल अर्यालले वताए ।
गरिव तथा अति विपन्नवर्गका महिलाहरुलाई ३ सय ९० घन्टे तालिम प्रदान गरेपछि उनीहरुको आयआर्जनमा सहजता होस भन्ने उदेश्यले मेशिन वितरण गरिएको हो ।
कार्यक्रममा वोल्दै महानगरपालिकाका प्रमुुख पराजुुलीले महानगरपालिका सवै वर्डाका महिलाहरुलाई सिप सिकाउने अभियानमा महानगरापलिकाका विभिन्न प्रकारका तालिम संचालन गरिरहेको भन्दै आफुुले सिकेको ज्ञान सिपको भरपुुर प्रयोग गर्न आग्रह गरे । उनले महिलाहरुलाई तरकारी तथा च्याउ खेती माछा पालनलगायत व्यवस्थापकिय तालिम समेत प्रदान गरिरहेको वताए ।
तालिममा २० जना महिलाले सिलाई कटाई तथा ३० जना महिलाले वुुटिक तालिम लिएको वडाअध्यक्ष अर्यालले वताए ।