पूर्वाञ्चल खबर
पथरी / मोरङको कानेपोखरी गाँउपालिका लागुऔषधसहित एक जना पक्राउ परेका छन ।
हिजो मध्यरातमा कानेपोखरी गाँउपालिका ६ का २३ बर्षीय सिमन मगरलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी रमाईलोबाट गस्तीमा खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिई चेकजाँचगर्ने क्रममा उनको साथबाट नाईट्रोभेटनामक ट्याभ्लेट ८ पिस, स्पाजमोल ट्याभ्लेट १७ पिस र पृजोलनामक ट्याभ्लेट ५ पिस बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।