AArya
RUMPUM
animated ellipse animated ellipse

बाल सुधार गृहबाट बाल बन्दी फरार भएपछि छानविन टोली गठन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०७६, मंगलवार १८:०१
3
Shares
विराटनगर / विराटनगर–३ स्थित बाल सुधार गृहको तीन तलामा रहेको झ्याल तोडेर फरार भएका दुई जना ‘बाल बिज्या कर्ता’ (बन्दी) फरार भएपछि छानविन टोली गठन भएको छ । मोरङ प्रहरीका डिएसपी राजकुमार खिउँजुको नेतृत्वमा छानविन टोली गठन भएको हो ।

सुधार गृहमा २४ घण्टा नै प्रहरीको सुरक्षा हुन्छ । सुधार गृहमा रहेका बाल बिज्या कर्ताको रेखदेखमा सादा पोशकमा असइको कमाण्डमा १० जना प्रहरी खटिने गरेको छ । असइ टिका राईको नेतृत्वमा प्रहरी बाल सुधार गृहमा खटिएको थियो । २४ घण्टा सुरक्षा हुने स्थानबाट झ्यालको ग्रिल निकालेर बालक फरार भएपछि प्रहरीको सुरक्षाप्रति पनि प्रश्न उठेको छ ।

घटनाको सत्यतथ्य छानविन गरिन टोली गठन भएको बताइएको छ । मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले बाल सुधार गृहमा रहका बाल बिज्या कर्ता फरार भएपछि डिएसपीको नेतृत्वमा छानविन टोली गठन गरिएको बताए । ‘अदालतको आदेशपछि पूर्पक्षका लागि बाल सुधार गहृमा रहेका बाल बिज्या कर्ता फरार भएका हुन्,’ उनले भने, ‘घटना बारे बुझन छानविन टोली पनि गठन भएको छ । ’ लापरबाहीले उनीहरु भागेको पत्ता लागेर लापरबाही गर्नेलाई कारबाही गरिने उनको भनाइ छ । फरार रहेका बालकहरुको खोजी कार्य व्यापक बनाइएको प्रहरीले जनाएको छ ।

अदालतको आदेशबाट पुर्पक्षमा रहेका दुई बालक हिजो विहान बालसुधार गृहको झ्याल फुटाएर भागेका थिए । ज्यान मार्ने उद्योग मुद्दामा झापा गौरदह नगरपालिका –११ का १६ वर्षिय बालकलाई जिल्ला अदालत झापाले २०७६ साउन १६ गतेको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका थिए । जवरजस्ती करणी मुद्दामा मोरङ सुन्दरहरैचना नगरपालिका– ७ गोठगाउँका १७ वर्षिय बालकलाई मोरङ अदालतको २०७६ असार ५ गतेको आदेपछि सुधार गृहमा थिए ।

विराटनगरमा रहेको बाल सुधार गृहमा प्रदेश १ का १४ जिल्लाहरूका १ सय ४८ जना बाल बिज्या कर्ता रहेका छन् । ५० जनाको क्षमता रहेको बाल सुधार गृहमा क्षमता भन्दा तेब्बर बालकाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर