पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा ‘स्काउट फ्रण्डसिप क्याम्प २०७६’ हुने भएको छ । जिल्ला स्काउट कार्यालय मोरङको आयोजनामा विराटनगरस्थित स्टार सेकेण्डरी बोर्डिङ्ग स्कूलमा मंसिर १३ देखि १५ गतेसम्म स्काउट फ्रण्डसिप क्याम्प हुने भएको हो ।
आयोजक समितिले विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि क्याम्पको तयारी बारेमा जानकारी गराए । तीन दिनसम्म संचालन हुने क्याम्पसमा जिल्लभरीको विभिन्न विद्यालयहरूबाट छनोट भएर आएका ७ सय भन्दा बढी बालवािलकाहरूको सहभागि हुने स्काउट फ्रण्डशिप क्याम्पको संयोजक डा. उद्धव पोखरेलले जानकारी दिए । क्याम्पको उद्घाटन प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले गर्ने भएको छन् । तीन दिनसम्म चल्ने क्याम्पमा मार्चपास, ¥याली, नृत्य, वतृत्वकला, चित्रकला, दौड, विना भाडो खाना पकाउने, भेषभूषा प्रर्दशनी, सरसफाइ, सामाजिक विकास कार्यक्रम, क्षमता प्रर्दशनी, क्याम्प फायर, साहसकि क्रियाकलापलगायतका विभिन्न कार्यक्रमहरू हुनेछन् ।
‘देश विकासको लागि स्काउट’ भन्ने मुल नाराको साथ सुरु हुने क्याम्पमा ७५ जना स्काउट, ५० जना रोभर रेन्जर, ३५ जना सहागि ट्रुप गरि जम्मा १ हजार २५ जना सहभागि रहनेछन् ।
जिल्लाभित्र र बाहिरका स्काउट परिवारहरूसहित भातृत्वको विकास गरि भविष्यमा असल नागरिक बनाउनु उद्देश्यले जिल्ला स्तरीय क्याम्प संचालनको तयारी गरिएको स्काउटका तालिम आयुक्त नवल उपाध्ययले बताए । ‘गाउँदेखि सहरसम्म शैक्षिक र सामाजिक संस्थाहरूमा स्काउटिङ शिक्षा पु¥याउनु मुख्य उद्देश्य हो,’ उनले भने, ‘ स्काउटमा आवद्ध भएपछि अनुशासित रूपमा स्काउटका क्रियाकलापमा भाग लिदै सदाचारी र स्वालम्बी व्यक्तित्वको विकास पनि गराउनु हो ।’ विविद्य संस्कार–संस्कृति, भेषभुषाका स्काउटहरुका बिचमा समझदारीको विकास गर्दै मुलुकप्रतिको गौरव बढाउन पनि क्याम्पको आयोजना गरिएको उनले बताए ।
क्याम्प समापन गर्न ५ लाख ५२ हजार ५ सय रुपैयाँ खर्च हुने संयोजक पोखरेलले बताए ।