पूर्वाञ्चल खबर
संखुवासभा / प्रदेशको प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा पुगेको प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन् ।
संखुवासभाको खाँदबारीमा आज प्रेस संगठन संखुवासभाले गरेको पत्रकार भेटघाटमा नामाकरणको लागि धेरै नामहरु चर्चामा रहेको भएपनि राजधानी जस्तै सवैको सहमतिमा घोषणा हुने मन्त्री घिमिरेले बताएकान हुन् । मन्त्री घिमिरेले प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो काम नै नाम तोक्ने हुने जानकारी दिए ।
प्रदेशको नामाकरणको घोषणा गर्न विषयमा सत्तापक्ष र प्रतिपक्ष दलको सहमति जुटिसकेको उनको दावी छ । कुन नाममा सहमति जुट्यो भन्ने मन्त्री घिमिरेले खुलाउन चाहेनन्।मन्त्री घिमिरेले विपक्षीको मतलाई पनि कदर गर्नुपर्ने भएकाले प्रदेशको नाम र स्थायी राजधानी केही ढिला भएको दावी समेत गरे ।
बालबालिकासँग प्रदेश सरकार कार्यक्रममा सहभागी हुन संखुवासभा आएका सामाजिक मन्त्री घिमिरेले प्रदेशको नाम सहमतिमै घोषणा हुन लागेको बताएका हुन्।
उनले सर्वसम्मत ढंगले नामाकरण टुंगो लगाउनु पर्ने भएका कारण ढिला भएको बताए। अव चाँडै हिउँदे अधिवेशनले घोषणा गर्न तयारी भइरहेको पनि मन्त्री घिमिरेले बताए। उनले हामीले सत्ता पक्षको मात्र नभइ विपक्षीको पनि मतलाई कदर गर्नु पर्ने भएकाले प्रदेशको नाम र स्थायी राजधानी केही ढिला भएको स्वीकार गरे।
मन्त्री घिमिरेले जिल्ला अस्पताल खाँदबारीको समेत अनुगमन गरेका छन्। प्रदेश सरकारको सहयोगबाट उपकरण खरिद तथा अस्पताल मर्मत गरिएको थियो। मन्त्री घिमिरेले पहिलेको खाँदबारी अस्पतालबारेमा सकारात्मक परिर्वतन पाएको पनि बताए। उनले भने,’समायोजनले कर्मचारी व्यवस्थापनमा थोरै समस्या भइरहेका छ। अव चाँडै समस्याको हल गरिने छ।’