पूर्वाञ्चल खबर
विराटनगर/ मोरङ कानेपोखरी गाउँपालिका १ होक्लाबारीमा भाइहरुले हत्या गरेका छन् ।
भाईहरुले कुटेर ५५ वर्षीया दिदी सीता सोरेनको हत्या गरेका छन्। शुक्रबार साँझ ५ बजे जग्गाको विषयमा विवाद हुँदा भाईहरु ५१ वर्षीय विजय किस्कु र ३२ वर्षीय वीरेन्द्र किस्कुले दिदी सोरेनलाई कुटपिट गरी घाइते बनाएका थिए। घाइते दिदीलाई उपचारका लागि विराटनगर अस्पताल ल्याइएको थियो। उनको उपचारकै क्रममा राति १० बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
दिदीलाई कुटपिट गर्ने दुवै भाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।