RUMPUM
animated ellipse animated ellipse

चलचित्र महोत्सव स्थगित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०७६, मंगलवार २०:३३
3
Shares

विराटनगर / प्रदेश सरकारले सुनसरीको धरानमा आयोजना गर्न लागेको चलचित्र महोत्सव अन्तिम समयमा स्थगित गरेको छ ।

कार्तिक २९ देखि आयोजना हुने महोत्सव निर्वाचन आचारसंहिताका कारणले गर्दा सरकारले स्थगित गरेको हो ।

प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले आज अपरान्ह सूचना प्रकाशित गरेर धरान उपमहानगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिता लागू भएका कारण चलचित्र महोत्सव कार्यक्रम स्थगित गरिएको जनाएका छन् । प्रकाशित सूचनामा चलचित्र महोत्सवको अर्को मिति पछि तय गरिने उल्लेख छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित हुने भन्दै प्रदेश सरकारले आयोजना गर्न लागेको चलचित्र महोत्सव स्थगित गर्न निर्देशन गरेपछि प्रदेश सरकारले कार्यृक्रम स्थगित गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर