पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर भन्सार कार्यालयल रानीले सवैभन्दा बढी मोटरसाइकलवाट ८१ करोड ९९ लाख ४८ हजार राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको तीन अवधिमा मोटरसाइकल आयात गर्दा लाग्ने भन्सारवाट सो राजश्व संकलन गरेको हो । भन्सारवाट आयात हुने अन्य सामानभन्दा मोटरसाइकलमा सवैभन्दा वढी राजश्व संकलन भएको भन्सार अधिकृत राजेन्द्र थापाले जानकारी दिए ।
उक्त अवधिमा ७८ करोड ५५ लाख ५४ हजार मूल्य वरावरको नौ हजार ७२३ वटा मोटरसाईकलको आयातवाट भन्सार संकलन गरिएको हो । यसैगरी सोही अवधिमा दोश्रो आयात वस्तुको रुपमा रहेको पेट्रोल(मोटर स्प्रिट) ९३ करोड ६ लाख १६ हजार मूल्यको १५ हजार ९०० किलोलिटरवाट ५५ करोड ५७ लाख ८२ हजार राजश्व संकलन भएको छ ।
हाइस्पिट डिजल १ अर्व ७५ करोड तीन लाख पाँच हजार मूल्य वरावरको २७ हजार ६८ किलोलिटरवाट ५० करोड २४ लाख १० हजार राजश्व संकलन गरेको अधिकृत थापाले जानकारी दिए । आयातित वस्तु पाम आयलवाट तीन अर्व ४५ करोड ३२ लाख ९९ हजार मूल्य वरावरको पाँच करोड २८ लाख ८५ हजार ३३३ किलोग्रामवाट २९ करोड ३९ लाख ५३ हजार , २ अर्व ६६ करोड ४१ लाख ६५ हजार मूल्य बरावरको पाँच करोड ५८ लाख ८९ हजार ११५ किलोग्राम अर्ध फलामे कच्चा पदार्थवाट २८ करोड ९३ लाख ८९ हजार राजश्व संकलन भएको हो ।
यस्तै २ अर्व ४१ करोड २२ लाख ६९ हजार मूल्य बरावरको चार करोड २८ लाख २९ हजार ५५२ किलोग्राम बार एण्ड रोड्स, हट रोल्ड सरकुलरवाट २६ करोड ३८ लाख ५१ हजार भन्सार राजश्व संकलन भएको छ ।
यसैगरी २ अर्व एक करोड ५३ लाख २९ हजार मूल्य बरावरको दुई करोड ३७ लाख ४५ हजार ५१४ किलोग्राम सोयावीन तेलवाट २१ करोड ४७ लाख २६ हजार , १ अर्व ३१ करोड ७२ लाख २७ हजार मूल्य वरावरको १ करोड चार लाख ५८ हजार ६६९ किलोग्राम प्लाष्टिकको कच्चा पदार्थवाट १९ करोड ९० लाख ६५ हजार तथा २ अर्व १४ करोड १० लाख ९० हजार मूल्य वरावरको ३ करोड ७० लाख २० हजार किलोग्राम फ्लाट/हट, रोल्ड फलाम र स्टिलवाट १८ करोड ८० लाख छ हजार एवं १ अर्व १५ करोड ४३ लाख ९३ हजार मूल्य बरावरको १ करोड २८ लाख ३२ हजार २७५ किलोग्राम सूर्यमुखि दाना/ तेलवाट १५ करोड ३१ लाख ८४ हजार राजश्व संकलन भएको छ ।