पूर्वाञ्चल खबर
विराटनगर /अवैध लागूऔषध ‘ब्राउन सुगर’ र खेरो हेराइनसहित प्रहरीले दुई जनालाई मोरङको छुटाछुटै स्थानबाट पक्राउ गरेको छ ।
प्रहरी चौकी गछियाबाट खटिएको गस्ती टोलीले मोरङ सुन्दरहरैचा ७ अटल क्रेसर अगाडि ढाटबाट .सुन्दर हरैचा नगरपालिका ४ का २८ वर्षिय सरोज गिरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट २ ग्राम बराबरको ब्राउन सुगर बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ गरिएको गिरीलाई नियन्त्रणमा लिई ईप्रका बेलबारीले अदालतमा आज म्यात थप गरि अनुन्धान प्रक्रिया अगाडी बढाएको छ ।
त्यस्तै लागूऔषध ब्युरो विराटनगरले विराटनगर महानगरपालिका १५ स्थित १ ढाटमा चेक जांच गर्ने क्रममा बेलबारी नपा ६ र्का ४० वर्षिय सिद्धि गिरीले कटुमा लुकाई ल्याएको ‘खैरो हेरोइन’ सहित पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट २५० मिलि ग्रामसहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय रानीमा थप अनुसन्धान गर्दै आएको छ ।
यस्तै ईप्रका बेलबारीबाट खटिएको गस्ती टोलीले बेलबारी नपा ४ वेतना सामुदायिक वन स्थित सडक छेउमा ४५ वर्षका मदन लिम्बुलाई अवैध काठसहित पक्राउ गरेको छ । सिसौ रुख काटी ठेलामा लोड गरी रहेको अवस्थामा .१५ किबि काठ र को ३ प ७८५१ नं. मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई ईप्रका बेलबारीले थप अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार थप आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यलय विराटनगरमा बुझाउने भएको छ ।