पूर्वाञ्चल खबर
सुनसरी / सुनसरीको कोशी गाउँपालिका ४ कटानमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
सोमवार साँझ साँढे ६ बजेको समयमा पूर्वबाट पश्चिम जाँदै गरेको को २२ प ८०४९ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को २९ प ६८५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुईवटै मोटरसाईकलमा सवार रहेका ४ जना घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा को २२ प ८०४९ नम्बरका मोटरसाईकल चालक उदयपुरको तपेश्वरका ५० बर्षीय निरीराज गिरीको मृत्यु भएको हो । सोही मोटरसाईकलमा पछाडी सवार रहेका फत्तेपुर नगरपालिका २ का ५० बर्षीय भक्तबहादुर बिष्ट, को २९ प ७८५३ नम्बरको मोटरसाईकल चालक ईनरुवा नगरपालिका ४ का २३ बर्षीय सविर आलमको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने को २९ प ७८५३ नम्बरको मोटरसाईकलमा पछाडी सवार रहेका ईनरुवा नगरपालिका ४ का ३३ बर्षीय रियाज मियाँको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।