पूर्वाञ्चल खबर
लायन्स क्लब अफ विराटनगर सिटीको अध्यक्षमा निर्वाचित भएका पोखरेललाई लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५–एवानका डिस्ट्रिक गर्भनर इन्द्र खत्री (राजन) ले पदभार ग्रहण गराएका थिए । क्बलको प्रथम उपाध्यक्षमा रमेश कार्की र सचिवमा विधाकान्त दाहाल रहेका छन् ।
नवनिर्वाचि अध्यक्ष पोखरेलले अढाइ महिनामा ३१ वटा समाजिक काम सम्पन्न गरिसकेका छन् । उनले आउँदो माघ १० गते एकै दिन १ सय ३ वटा सामाजिक काम गर्ने घोषणा समेत गरे । ‘एकै दिन १ सय १० वटा कार्यक्रमको घोषणा गरेका छु,’ उनले भने ‘यो कार्यक्रम एकै दिनमा सम्पन्न गर्नेछु ।’ अध्यक्ष पोखरेलले घोषणा गरेको कार्यक्रमहरू सामाजिक कामहरू रहेका छन् । पोखरेलका अनुसार विराटनगर – ४ र ५ नम्बर वडाको सिमानामा पर्ने खारजी चौकस्थित ‘ लायन्स पार्क’ बनाउने घोषणा पनि गरे । पार्क निमार्ण गर्न विराटनगर महानगरपालिकासँग स्वीकृत प्रदान भएको पोखरेलले जानकारी दिए । माघ १० गते लायन्स पार्कको शिलन्याश हुनेछ ।
प्रदेश १ का आन्तरीक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोको प्रमुख अतिथिमा भएको पदभार ग्रहण कार्यक्रममा अन्य दुई वटा लायन्स क्बलमा पनि नयाँ नेतृत्व चयन भएको छ । जसमा लायन्स क्बल अफ विराटनगर यूनिकको अध्यक्षमा लक्ष्मण घिमिरे र ग्लोबलको अध्यक्षमा दिलसाल आलम रहेका छन् ।
सोही अवसमार २ जना जेहन्दार विद्यार्थीहरूलाई छात्रवृती पनि प्रदान गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । विराटनगरस्थित जनजागृती प्रावि स्कूलका ६ जना आर्थिक अवस्था नाजुक भएका परिवारका सदस्यहरूलाई स्कूल जाने पोशक र स्टेशनरीको सामाग्री पनि प्रदान गरिएको अध्यक्ष पोखरेलले बताए ।