RUMPUM
animated ellipse animated ellipse

दशैमा विशेष सुरक्षा, मोरङमा ६ सय ९० प्रहरी पचिलान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ आश्विन २०७६, आईतवार २०:५७
3
Shares

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले दशैंमा मोरङमा विशेष सुरक्षा योजना अपनाएको छ । कुनै पनि अप्रिय घटना हुन नदिन मोरङमा ६ सय ९० जना प्रहरी पचिरलान गरिने भएको छ ।

दशैमा विराटनगर महानगरमा जनघनत्व बढी हुने र आर्थिक कारोबार पनि बढी हुने भएकोले प्रहरीले विशेष सुरक्षा योजना अपनाएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । यस पटकको दशैंमा मोरङ प्रहरीले विराटनगरमा ५ सेक्टरमा सुरक्षा दिने रणनीति अपनाएको छ । विराटनगर बाहिर ९ सेक्टरमा सुरक्षा रणनीति तय गरेका गरेको अधिकारीले बताए । प्रहरीले विराटनगरमा पाँच सेक्टरमा विभाजन गरिएको सुरक्षामा गाडी मोबायल, सादा पोशाक, सिआरभी गाडी, पिकेट, पैदल, साईकल गस्ती गर्ने भएको छ ।

चहलपहल बढी हुने स्थानमा प्रहरीले विशेष निगरानी गर्ने भएको छ । अप्रिय घटना हुन नदिन वित्तीय संघसस्था, सुनचाँदी र आर्थिक कारोबोरा बढी हुने स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर