खबर पूर्वाञ्चल
हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजनामा विराटनगरमा आज भएको पहिलो अडिसनबाट सो संख्यामा प्रतियोगिहरूको सहभागि भएको हो । प्रतियोगिताको दोस्रो अडिसन असोज १८ गते हुने भएको छ ।
पहिलो र दोस्रो अडिसनबाट उत्कृष्ट २५ जना किशोरी र १० जना किशोर फाइनलको लागि छनौट गरिने निर्देशक सुशिल घिमिरेले जानकारी दिए ।
मिस एस.ई ई मोरङ २०१९ को पुर्ण सफलता पछि स्कूल प्रिन्स एण्ड प्रिन्सेस् प्रतियोगिता आयोजना गरेको हो ।
‘सीप र संस्कारसहितको सौन्दर्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको यो प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययरत विद्यार्थीहरूले भाग लिएको म्यानेजिङ्ग डाइरेक्टर अर्जुन श्रेष्ठले बताए । अडिसन राउण्डबाट छनौट भएका प्रतियोगिहरू स्कूल विदा रहेको खाली समयमा दशैं र तिहार बीचमा बन्द प्रशिक्षण हुनेछ । प्रतियोगिताको बिजेताले २० हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले क्रमशः १६ हजार र १२ हजार प्राप्त गर्नेछन् ।